SHARE
Kalo Pati · बुधबार २७ जेठ २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

‘संसद्‌मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु’: भीष्मराज आङ्देम्बे

  काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्‌मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देख्नुपरेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भन्दै दिएको अभिव्यक्तिमा सत्तापक्षका सांसदहरू नबोलेकोतर्फ सङ्केत गर्दै बुधबारको प्रतिनिधि सभा बैठकमा उनले गोपाल योञ्जनको गीत स्मरण गर्दै यस्तो बताएका हुन्।