SHARE
Kalo Pati · बुधबार २७ जेठ २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

‘प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्तिबाट संसदमा संकट सुरु भयो’: सांसद थापा

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले देश गम्भीर राष्ट्रिय संकटमा फसेको भन्दै त्यसको स्रोत र समाधानबारे ठोस विश्लेषण आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान संकटको निकास खोज्न संसद् एक साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको र सदनभित्र संघर्ष जारी रहेको बताए ।