SHARE
Kalo Pati · बुधबार २७ जेठ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

‘राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ’: अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा लागेपछि षड्यन्त्र गर्न पनि सिक्नुपर्ने रहेछ भन्ने अनुभव भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफूहरु षड्यन्त्रको सिकार बनेको भन्दै अब षड्यन्त्रमा होइन, देशको एउटा सशक्त पार्टी र शक्तिको रुपमा जनताको विश्वास कमाएर स्थापित हुने बताए ।