SHARE
पर्दाफास · बुधबार २७ जेठ २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

दमकमा हिलाम्मे बाटोमा धान रोपेर विरोध

वर्षायाम सुरु भएसँगै झापाको दमक–९ र १० को सीमावर्ती सडक फेरि हिलाम्मे बनेको छ । सडकभरि पानी जमेको छ, खाल्डाखुल्डीले भरिएको बाटोमा हिँड्नै सकस छ । यही पीडालाई आवाज दिन स्थानीयले यसपटक फरक शैली अपनाए । उनीहरू सडकमै धानको बेर्ना बोकेर पुगे र सडकलाईनै खेत बनाउँदै धान रोपे ।