सांसदहरू भन्छन्- बजेट सकारात्मक तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण
सांसदहरूले बजेट सकारात्मक रहेपनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभाको अर्थसमितिमा आगामी आर्थिक वर्षको बजेटबारे भएको छलफलमा सहभागी सांसदहरूले बजेटले निजी क्षेत्रको माग सम्बोधन गरेको र व्यावसायिक वातावरण सुधारमा जोड दिएको भएको भएपनि यसको कार्यान्वयनको पक्ष चुनौतीपूर्ण रहेको बताए ।
