SHARE
पर्दाफास · बुधबार २७ जेठ २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

संसदको गतिरोध हट्यो

प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टीकरण दिने विषयमा सहमति भएसँगै प्रतिनिधि सभाको बैठक सुरु भएको छ । परराष्ट्रमन्त्री खनालले स्पष्टीकरण दिने विषयमा विपक्षी दलहरू सहमत भएसँगै सभाको बैठक बसेको हो । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टीकरण दिनुपर्ने माग गरेको छ ।