खुस्बु ओलीलाई बलात्कार र ज्यान मार्ने धम्की
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्कीहरू प्राप्त भइरहेको दाबी गरिन् ।
