अब उप्रान्त संसद्मा प्रधानमन्त्रीलाई खोजिँदैन : भीष्मराज आङदेम्बे
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसद्मा आफूले अव आइन्दा प्रधानमन्त्री बालेन्द्र साहलाई नखोज्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री भन्दा पनि ठूलो मुलुकको समस्या भएकाले अव प्रधानमन्त्रीलाई खोजेर संसदलाई अवरोध गरेर बस्ने पक्षमा आफू नरहेको प्रस्ट्याएका हुन् ।
