नेपाल–भारत सीमा बैठक अगस्टमा, सीमा स्तम्भ पुनःस्थापनाको काम तिब्र
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट) को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट स्पष्टिरकण दिँदै उनले यस्तो बताएका हुन् ।
