SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, अध्यक्ष दाहाल असन्तुष्ट

विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मंगलवारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । लगातारको अवरोधका कारण मंगलवारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक जेठ २८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने तय गरिएको छ ।