सुदूरपश्चिममा मन्त्रीपरिषद् पुनर्गठन, कांग्रेसका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । साेमबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ ।
