SHARE
पर्दाफास · आइबार​ २४ जेठ २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट तयार गरिएको आफ्नै प्रशंसामा आधारित एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त भिडियो सेयर गरेपछि यसले विभिन्न डिजिटल प्लेटफर्ममा व्यापक चर्चा पाएको छ । एक मिनेट लामो उक्त भिडियोमा ट्रम्पलाई विश्वभर लोकप्रिय नेताका रूपमा प्रस्तुत गरिएको छ ।