SHARE
Kalo Pati · शुक्रबार​ २२ जेठ २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

सुधन गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको प्रक्रिया सकेर प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको जानकारी दिए । ‘हाम्रो तर्फबाट सकेर प्रतिवेदन बुझायौं । अब बाँकी उतैबाट प्रक्रिया होला,’ उनले भने ।