SHARE
पर्दाफास · मङगलबार १९ जेठ २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार आज घाँस काट्न निस्किएका चोखालको गोहीको आक्रमणमा परी मृत्यु भएको हो ।