SHARE
पर्दाफास · मङगलबार १९ जेठ २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

भारतका गृहमन्त्री अमित शाहसँग रवि लामिछानेको भेट, निर्वाचन सफलतामा बधाई

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन्। भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार नयाँ दिल्लीमा भएको भेटमा नेपालबाट आएको प्रतिनिधिमण्डलको नेतृत्व सभापति लामिछानेले गरेका थिए।