SHARE
पर्दाफास · मङगलबार १९ जेठ २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

भारतको सहयोगमा रौतहटमा विद्यालयको भवन निर्माण हुने

रौतहटको राजदेवी नगरपालिका गडहियामा गडहिया आधारभूत विद्यालय भवन निर्माण हुने भएको छ । भारत सरकारको रु दुई करोड ९६ लाख र राजदेवी नगरपालिकाको रु २० लाख गरी कूल रु तीन करोड १६ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।