SHARE
पर्दाफास · मङगलबार १९ जेठ २०८३ ०४:०७ PM · 1 मिनेट पढाइ

अत्यधिक गर्मीको अवस्था झनै गम्भीर बन्दै गएको छ : महानिर्देशक श्रेष्ठ

जल तथा मौसम विज्ञान विभागकी निर्देशक अर्चना श्रेष्ठले जलवायु परिवर्तनका प्रभाव नेपालमा प्रत्यक्ष रूपमा देखिन थालेको बताएकी छन्। मंगलबार ‘हिट एक्शन डे’ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले बढ्दो तापक्रम, गर्मीका दिनको संख्या वृद्धि तथा अत्यधिक गर्मीका घटनाले जनजीवन, स्वास्थ्य, कृषि र अर्थतन्त्रमा असर पार्न थालेको उल्लेख गरिन्।