SHARE
पर्दाफास · आइबार​ १७ जेठ २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

भारतमा आयोजित बहुराष्ट्रिय सैन्य अभ्यास ‘एक्स प्रगति’मा नेपाली सेनाको सहभागिता

नेपाल–भारतबीचको दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने उद्देश्यसहित नेपाली सेनाको ३८ सदस्यीय टोलीले भारतमा आयोजित पहिलो संस्करणको बहुराष्ट्रिय सैन्य अभ्यास ‘एक्स प्रगति’ मा सहभागिता जनाएको छ। भारतीय सेनाद्वारा मे १८ देखि ३१ सम्म भारतको मेघालयस्थित उमरोईको फरेन ट्रेनिङ नोड (एफटीएन) मा सञ्चालन गरिएको उक्त सैन्य अभ्यासमा ११ मित्रराष्ट्रका सैनिक टोलीहरूको सहभागिता रहेको थियो।