प्रतिनिधिसभा बैठकमा हात हालाहाल, विपक्षी दलको चर्को बिरोध
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच हात हालाहाल भएको छ । प्रतिपक्षी सांसदहरुले प्रक्रिया पूरा नगरिकन प्रस्तावहरु अघि बढाइएको भन्दै नाराबाजी गरेर वेल घेरेपछि यो अवस्था सिर्जना भएको हो । केहीबेर मर्यादापालक र प्रतिपक्षी सांसदहरुबीच धकेलाधकेल भएकोमा पछि सत्तापक्षका सांसदहरु नै प्रतिवादमा उत्रिए । सत्ता र प्रतिपक्षका सांसदहरुबीच हातहालाहालसमेत भयो । ।
