SHARE
पर्दाफास · आइबार​ १७ जेठ २०८३ ०४:४५ PM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाबाट मतदाता नामावली विधेयक पारित

प्रतिनिधिसभा बैठकबाट मतदाता नामावली विधेयक पहिलो संशोधन २०८२ पारित भएको छ। राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर आएको विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो। विधेयक पारित गर्ने बेलामा विपक्षी दलहरू नेपाली कांग्रेस नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बेल घेराउ गरेका थिए।