जातीय छुवाछुत अन्त्यको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन
काठमाडाैंकाे माइतीघर मण्डलामा जातिय छुवाछुत विरुद्धको अभियानले विरोध प्रदर्शन गरेकाे छ । जातीय छुवाछुत विरुद्धको अभियान अन्तर्गत ३५ दिनदेखि निरन्तर विरोध प्रदर्शन जारी छ। घरबेटीहरूले जातको आधारमा घर बहाल दिन अस्वीकार गर्दै विभेद गरेको भन्दै अभियानकर्ताहरूले ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका छन्।
