SHARE
पर्दाफास · शनिबार ९ जेठ २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

चीनमा १६ वर्षयताकै भीषण कोइला खानी दु*र्घटना, ९० जनाको मृ*त्यु

उत्तरी चीनको शान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण ग्यास विस्फोटमा कम्तीमा ९० जनाको मृत्यु भएको छ । यो दुर्घटना पछिल्लो १६ वर्षयताकै चीनको सबैभन्दा घातक खानी दुर्घटना बनेको छ । उद्धार टोलीले अझै हराइरहेका कामदारहरूको खोजी जारी राखेको छ। शुक्रबार राति छिनयुआन काउन्टीस्थित लिउशेन्यु कोइला खानीमा विस्फोट भएको थियो ।