२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति
नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । बोर्डका अनुसार कुल ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो ।
