SHARE
पर्दाफास · आइबार​ ३ जेठ २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ । मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्‌घाटन गरे। त्यस अवसरमा उनले ग्रामीण पर्यटनको विकास र सिङ्गो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग नगरपालिकाले माग गरिरहेको बताए।