SHARE
पर्दाफास · आइबार​ ३ जेठ २०८३ ०४:३८ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अवैध लागुऔषधसहित झापा, पर्सा, मकवानपुर, बाँके, सुनसरी र कास्कीबाट गरी ११ जना पक्राउ गरेको हो । त्यसैगरी प्रहरीले हत्याको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।