माओवादी केन्द्र फुटोस् भन्ने कामना गर्नेहरुको आकांक्षा अधुरै रहन्छ : शक्ति बस्नेत
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले पार्टी फुटोस् भन्ने कामना गर्नेहरुको आकांक्षा पूरा नहुने बताएका छन् । पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच भएको बहसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी फुटोस् भनेर बस्नेहरुको कामना पूरा नहुने स्पष्ट पारे ।
