अंग्रेजी र गणित विषय पढाउने शिक्षक पाउनै छोडे : खेलकुदमन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षकको अभाव हुन थालेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । हाल नेपाली पढाउने शिक्षकहरु प्रशस्त रहेपनि अंग्रेजी र गणित विषय पढाउने शिक्षकहरु नपाउने अवस्था सिर्जना भएको बताए ।
