अझै केही दिन मनसुन सक्रिय रहने
लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने राहत महसुस गरेका छन्। विशेषगरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ।
