SHARE
पर्दाफास · आइबार​ १८ साउन २०८२ ०४:४३ PM · 1 मिनेट पढाइ

४६५ केजी लागुऔषध गाँजासहित ट्रक चालक पक्राउ

४६५ किलोग्राम गाँजासहित ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–५ का २६ वर्षीय मान बहादुर मुक्तान रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय रामगोपालपुरको संयुक्त टोलीले विशेष सूचनाको आधारमा ४६५ किलोग्राम गाँजासहित उनलाई पक्राउ गरेको हो।