एक दशकभित्रै नेपालमा ९ प्रतिशतको वृद्धिदर सम्भव छ : पूर्वअर्थमन्त्री खनाल
पूर्वअर्थमन्त्री रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा मुख्य चार वटा संरचनागत समस्या औँल्याएका छन् । बाराखरी मिडियाद्वारा आयोजित एक आर्थिक परिसंवादमा आफ्नो धारणा राख्दै खनालले नेपाल स्रोत र साधनले सम्पन्न भए तापनि गलत नीति र संस्थागत कमजोरीका कारण’ धनी देशको गरिब नागरिक’ भएर बस्नुपरेको टिप्पणी गरेका हुन् ।
