SHARE
पर्दाफास · शनिबार १९ बैशाख २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई जगेडा समूह जस्तो बनाइयो : गुरुराज घिमिरे

नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभा र जिल्ला समन्वय समितिलाई राजनीतिक दलहरूले जगेडा समूह जस्तो बनाइएको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कहीँ कतै अवसर नपाएका तथा निर्वाचन हारेकाहरूलाई लैजाने थलोको रूपमा यी संस्थालाई उपयोग गर्ने गरिएको आरोप लगाएका हुन् ।