SHARE
पर्दाफास · शनिबार १९ बैशाख २०८३ ०२:४० PM · 1 मिनेट पढाइ

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक सोमवार बस्ने तय भएको हो। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक तय गरिएको जारी सूचनामा उल्लेख छ। बैठकमा सहभागी हुनका लागि पार्टीले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ।