SHARE
पर्दाफास · सोमबार १४ बैशाख २०८३ ०२:१० PM · 1 मिनेट पढाइ

पूर्वभीआईपीको विदेशमा उपचार गर्दा पाउने सुविधा खारेज

पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज भएको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।