सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ। हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र यसको चपेटामा परिसकेको छ। प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार विशेषगरी चुरे क्षेत्रका वनमा डढेलोको प्रभाव अत्यधिक देखिएको छ। जसले वन संरक्षण, जैविक विविधता तथा स्थानीय समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ।
