SHARE
पर्दाफास · सोमबार १२ साउन २०८२ ०१:५२ PM · 1 मिनेट पढाइ

सुमना श्रेष्ठको टिप्पणी- भूमि विधेयक चुनावी एजेण्डा बनाउन खोजियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारले भूमिसम्बन्धी विधेयकलाई चुनावी एजेण्डाको रुपमा अघि सारेको टिप्पणी गरेकी छन् । सोमवार प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले चुनावको समय लालपूर्जा बाँढ्ने तरिकाले भूमि विधेयक ल्याइएको टिप्पणी गरिन् ।