SHARE
पर्दाफास · आइबार​ १३ बैशाख २०८३ १२:०० PM · 1 मिनेट पढाइ

अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन : गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले स्थानीय सरकारले लिने अव्यावहारिक कर र सुकुम्वासी समस्या समाधानमा देखिएको ढिलासुस्तीप्रति चासो व्यक्त गरेका छन् । पराजुलीले संघीय सरकारको कृषि नीतिसँग नबाझिने गरी स्थानीय तहले कर प्रणाली बनाउनुपर्नेमा जोड दिएका हुन् ।