SHARE
पर्दाफास · आइबार​ १३ बैशाख २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

बस्ती हटाइएपछि सुकुमबासी नाम टिपाउने बढे, घरजग्गाविहीन भन्दै अन्य पनि पुगेको आशंका

संघीय सरकार र काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन थालेपछि सुकुमबासीहरु नाम टिपाउन थालेका छन् । शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकता सहित नाम टिपाइरहेका छन् । तर यहाँ रोचक तथ्य के खुलेको छ भने सुकुमबासी बस्तीमा डोजर चलाइएको घर बाहेक अन्य सुकुमबासीहरु पनि रंगशालामा नाम टिपाउन पुगेका छन् ।