SHARE
पर्दाफास · शनिबार १२ बैशाख २०८३ ०१:४७ PM · 1 मिनेट पढाइ

घरदैलोमै सामाजिक सुरक्षा भत्ता, बैंक धाउनुपर्ने बाध्यता हट्यो

दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला तथा शारीरिक रूपमा अशक्तता भएका नागरिकको सहजताका लागि घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको हो ।