SHARE
पर्दाफास · आइबार​ २९ चैत २०८२ ०४:१८ PM · 1 मिनेट पढाइ

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सम्पत्ति : बैंकमा ९० लाख, ३० तोला सुन र ५० तोला चाँदी

भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा मन्त्री लम्साल र उनको परिवारको नाममा बैंक मौज्दातदेखि कृषि जमिनसम्म फैलिएको सम्पत्ति देखाइएको छ। सार्वजनिक विवरण अनुसार मन्त्री लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख छ।