स्वास्थ्य मन्त्री निशा मेहताको सम्पत्ति : १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी
स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको विवरणमा उनको नाममा सुनचाँदी, जग्गा, बैंक मौज्दात, सेयर तथा सवारी साधनसमेत रहेको देखिएको छ। विवरण अनुसार मन्त्री मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ।
