SHARE
पर्दाफास · शुक्रबार​ २७ चैत २०८२ ०३:२७ PM · 1 मिनेट पढाइ

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् शपथ

नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थको सहभागिता रहेको थियो ।