SHARE
पर्दाफास · बिहीबार २६ चैत २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

पर्यटनमन्त्रीसँग भेट्न अब एकदिनअघि गुगल फर्म भर्नुपर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन मन्त्री खडकराज पौडेल (गनेस) सँग हुने दैनिक भेटघाटलाई व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। अब मन्त्रीसँग भेट गर्न चाहने सर्वसाधारणले कम्तीमा एक दिनअघि नै मन्त्रालयको वेबसाइटमा उपलब्ध गुगल फर्म भरेर नाम दर्ता गर्नुपर्नेछ। मन्त्रालयद्वारा जारी सूचनाअनुसार भेटघाटको समय दिउँसो ३ बजेदेखि ४ बजेसम्म मात्र निर्धारण गरिएको छ।