SHARE
पर्दाफास · बुधबार २५ चैत २०८२ ०२:०७ PM · 1 मिनेट पढाइ

देउवाको वक्तव्य- सम्पत्ति शुद्धिकरण सम्बन्धि विषय भ्रामक र झुटा प्रचारबाजी हो

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति सम्बन्धि विषय भ्रामक भएको दाबी गरेका छन् । उनले आफ्नो सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेको बेलामा सरकारी निकायमा पेश गरेको उल्लेख गरेका छन् । उनले आफ्नो जीवन खुला पुस्तकको रुपमा रहेको उल्लेख गर्दै बास्तविकता समयक्रमसँगै खुल्दै जाने उल्लेख गरेका छन् ।