SHARE
पर्दाफास · आइबार​ २२ चैत २०८२ ०१:२० PM · 1 मिनेट पढाइ

इरान–अमेरिका तनाव चुलियो, ट्रम्पको ४८ घण्टे अल्टिमेटम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई महत्वपूर्ण जलमार्ग हर्मुज जलडमरु क्षेत्र खुला गर्न ४८ घण्टाको समयसीमा दिएका छन्। उक्त चेतावनीप्रति इरानले कडा प्रतिक्रिया जनाउँदै यसलाई ‘असन्तुलित र मूर्खतापूर्ण’ भनेको छ। यसबीच इरानको दुर्गम क्षेत्रमा हराइरहेको अमेरिकी सैनिक पाइलटको खोजी कार्य शनिबार पनि जारी रहेको जनाइएको छ।