पोखरामा ट्रान्स पार्टी छापा : पक्राउ परेका ३८ मध्ये १२ जनालाई मुद्दा चलाइयो
पोखरा महानगरपालिका वडा नं. १८ स्थित ट्रान्स पार्टीमा प्रहरीले छापा मार्दै ३८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण व्यूरो, शाखा कार्यालय पोखराको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा उक्त पार्टीमा पुगेको थियो।
