विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाइने
बालेन नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयभित्र रहेका दलीय विद्यार्थी संगठनहरू हटाउने निर्णय गरेको छ । शासकीय सुधारका लागि तय गरिएको १०० कार्यक्रमअन्तर्गत शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित ६० दिनभित्र यस्ता संगठनहरू हटाइने उल्लेख गरिएको छ ।
