SHARE
पर्दाफास · बिहीबार १२ चैत २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

रवि लामिछानेसम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा

रास्वपाका सभापति रवि लामिछाने संलग्न सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि जारी सुनुवाइ तेस्रो दिन बिहीबार पनि नसकिएपछि आइतबारका लागि सारिएको हो ।