SHARE
पर्दाफास · बिहीबार ५ चैत २०८२ ०२:४० PM · 1 मिनेट पढाइ

पश्चिम एसियाको बढ्दो तनावबीच भारतीय प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपतिबीच उच्चस्तरीय संवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच पश्चिम एसियाको विकसित परिस्थितिबारे टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेताले क्षेत्रीय तनाव बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै तत्काल तनाव घटाउने (डि–एस्केलेसन) र संवाद तथा कूटनीतिक प्रक्रियामा फर्किनुपर्ने आवश्यकता औंल्याएका छन्।