SHARE
पर्दाफास · सोमबार २ चैत २०८२ ०२:१६ PM · 1 मिनेट पढाइ

श्रीराम ग्यास उद्योगले ६ हजार सिलिन्डर लुकाएको भेटिएपछि ३ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेलापारेको छ । ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेलापारेको हो ।