SHARE
पर्दाफास · शनिबार २३ फागुन २०८२ ०२:३४ PM · 1 मिनेट पढाइ

बालेनलाई बधाई दिँदै ओलीले भने- पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट विजयी भएका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल मार्फत ओलीले बालेनलाई बधाई दिएका हुन् । ओलीले लेखेका छन् ,‘बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् ।